गोली लागेर एक घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १८ गते १४:०१
गोली लागेर एक घाइते

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका वडा नम्वर ३ मा गए राति गोली लागेर एकजना घाइते भएका छन्।

मनरा ३ सोनौल बस्ने ६१ वर्षिय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका नायव उपरिक्षक माघवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो। राति २ बजेतिर पिसाब फेर्न निस्किएका उनलाई गोली प्रहार गरिएको थियो। उनलाई छातीको मुनी कोखामा गोली लागेको र अवस्था अहिले खतरामुक्त रहेको प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताउनुभयो।

उनको उपचार जनकपुरस्थित जानकी हेल्थ केयरमा भइरहेको छ भने घटना के कारणले घटेको हो अनुसन्धान भइरहेको जनाइएको छ। अनुसन्धानको लागि एकजनालाई नियन्त्रणमा लिइएपनि घटनाबारे थप खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित : २०७६ फागुन १८ गते १४:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI