No ads found for this position

मौरीसस रोजगारी: कामदार भर्ना प्रक्रिया मर्यादित बनाउन जोड

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १८ गते १५:१४
No ads found for this position
मौरीसस रोजगारी: कामदार भर्ना प्रक्रिया मर्यादित बनाउन जोड
No ads found for this position

अफ्रिकी मुलुक मौरीसस र नेपालबीच कामदार छनोट तथा भर्ना प्रक्रियालाई मर्यादित बनाउने विषयमा छलफल भएकाे छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र सचिव विनोद केसीसहितको टोली माैरीससका अधिकारीहरुसँग यस विषयमा छलफल भएकाे हाे। 

गत जुनमा नेपालका तर्फबाट तत्कालीन श्रममन्त्री गोकर्ण विष्ट र मौरीससका श्रम, मानव स्रोत विकास तथा तालिममन्त्री सुदेश सत्कम कालिचरनबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा मन्त्रीस्तरीय  छलफल भएको मन्त्रालयका सहसचिव सुमन घिमिरेले जानकारी दिए।

मन्त्रीस्तरीय छलफलसँगै संयुक्त कार्यदलको बैठकसमेत भएको थियो। उक्त बैठकले कामदार भर्ना तथा लागतसम्बन्धी विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ। नेपाली कामदारलाई रोजगारीका अवसर हुन सक्ने क्षेत्रबारे समेत कमिटीले छलफल गरेको थियो।

पूर्वाधार, होटल, उत्पादन, सुरक्षा सेवालगायतका क्षेत्रमा नेपाली कामदारहरुलाई अवसर रहेको उल्लेख गरिएको छ। साथै मन्त्रीसहितको नेपाली टोलीले पोर्टलूइसस्थित बेर्जीग कन्सन्ट्रक्सन कम्पनीमा कार्यरत नेपाली कामदारहरुसँग छलफल गरेको थियो। कामदार भर्ना प्रक्रियाका विषयमा टुंगो लगाउने गरी मंगलबार मौरिसस् गएको मन्त्रीसहितको टोलीले हालसम्म भर्ना प्रक्रियाको टुंगो भने लगाउन  सकेको छैन।

प्रकाशित : २०७६ फागुन १८ गते १५:१४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI