किशोरकिशोरी शिक्षा समुदायस्तर सम्म पुर्‍याउन आवश्यक छ: देवचुलीका सरोकारवालाहरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १८ गते १७:५३
किशोरकिशोरी शिक्षा समुदायस्तर सम्म पुर्‍याउन  आवश्यक छ: देवचुलीका सरोकारवालाहरु

दिपक शर्मा/देवचुली
किशोरकिशोरीहरुको चौतर्फी विकासको लागि किशोरकिशोरी लक्षित शिक्षा समुदायस्तरका व्यक्तिहरुसँग पुर्याउनुपर्नेमा जोड देवचुलीका सरोकारवालाहरुले बताएका छन् ।
जागृति बाल तथा युवा सरोकार नेपालद्धारा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका वडास्तरका सरोकारवालाहरुसँगको छलफल कार्यक्रम अन्तर्गत आज सम्पन्न भएको वडा नं. ७ का विभिन्न सरोकारवालाहरुले सो कुरा बताएका छन् ।
किशोर तथा किशोरीहरुलाई अवसर र अधिकारहरु प्रदान भएको तर आजकल उनीहरुमा कर्तव्यवोध गराउन नसकीएकोले पनि केही समस्याहरु आएकोले सम्बन्धित निकायहरुले यो तर्फ ध्यान दिनका लागि वडाका सरोकारवालाहरुले जनप्रतिनिधीहरुलाई समेत सजग गराए ।
वडा बाल सञ्जाल वडा नं. ७ की अध्यक्ष सुप्रिया गाहाले केही किशोरकिशोरीहरु खराव कार्यमा लागेको कारणले गर्दा पनि राम्रो अवसरहरुमा अन्य सहभागी हुनको लागि सकरात्मक सोचले नहेर्ने भएकोले समाजले किशोरकिशोरी प्रति गरिने व्यवहार र सोच परिवर्तन गर्नको लागि जोड दिनुभयो ।


विद्यालयहरुमा दैनिक जसो समस्याहरु आउने गरेको र केही कारणहरु साँस्किृतक विचलनबाट समेत देखीएकोले यसको समाधानको लागि समेत समुदायस्तरसम्म नियमित रुपमा कार्यक्रम सञ्चालन गर्न आवश्यक देखीएको कुरा भिमसेन माध्यमिक विद्यालयका शिक्षिका निर्मला काफ्लेले बताउनुभयो ।


किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यको बारेमा समुचित शिक्षा प्रदान गर्न नसकिएकोले आगामी दिनहरुमा नगरपालिका र संस्थाहरुले एकीकृत रुपमा यौन तथा प्रजनन स्वास्थ्यको बारेमा किशोरकिशोरीहरु र अभिभावहरुलाई सिकाउनुपर्ने देवचुली स्वास्थ्य चौकीका देवि प्रसाद भुसालले बताउनुभयो । सानो उमेरमा नै गर्भपतनको समस्या र विवाहको दर बढ्ेको साथै असुरक्षित यौन सम्पर्कको दर बृद्धीले समेत यसको बारेमा अभियानहरु सञ्चालन आवश्यक देखीएको कुरा उहाँले बताउनुभयो ।
कार्यक्रमका वडा भित्रका ४० भन्दा बढीको सहभागीता रहेको र वडा अध्यक्ष भुपराज पाठकले आएका सम्पूर्ण सुझावहरुको ग्रहण गर्दै तत्काल सम्बोन्धन गर्न सकीने कार्यहरु र दिर्घकालीन रुपमा गर्न सकीने कार्यहरु छुट्याएर आगामी आ.व.बााट बजेटको व्यवस्थापन गरी यो अभियानलाई घर घरमा पुर्याउने र यसको लागि सवै संस्थाहरुबाट समेत सहयोगको अपेक्षा राख्नुभएको थियो ।

प्रकाशित : २०७६ फागुन १८ गते १७:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI