कोरानाको त्रासले चुम्बनमा प्रतिबन्ध !

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १८ गते २१:२६
कोरानाको त्रासले चुम्बनमा प्रतिबन्ध !

एजेन्सी

फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भिरानले फ्रान्सका जनतालाई चुम्बन नर्गन सुझाव दिएका छन् । विश्वमा ठूलो त्रासको रुप लिएको कोरोना भाइरस सर्ने डरले उनले सर्तकता अपनाउन सबैलाई यस्तो आग्रह गरेका हुन् । 

फ्रान्समा ‘ला बिसे’ संस्कार प्रचलनमा छ । ‘ला बिसे’ संस्कार भन्नाले फ्रान्स र अन्य युरोपेली देशमा एक अर्कालाई चुम्बन गरेर अभिवादन प्रकट गर्ने चलन हो । यो युरोपेली चलन धेरै पुरानो हो । यसअघि भने उनले एकअर्कासँग हात नमिलाउन आग्रह गरिसकेका थिए। 

फ्रान्समा कोरोना भाइरसका कारण आइतबारसम्म २ को मृत्यु भएको पुष्टि भएको छ । भाइरस संक्रमित हुनेको संख्या करिब १ सय पुगेको छ । चीनमा भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय ७३ र संक्रमित हुनेको संख्या ७९ हजार ९ सय ६८ पुगेको छ । त्यस्तै चीन बाहिर संक्रमित हुने ७ हजार तथा १ सय १२ को मृत्यु भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । 

प्रकाशित : २०७६ फागुन १८ गते २१:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI