No ads found for this position

कोरोना भाईरस प्रकोप:नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने मन्त्रीपरिषदको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १९ गते ६:३३
No ads found for this position
कोरोना भाईरस प्रकोप:नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने मन्त्रीपरिषदको निर्णय
No ads found for this position

काठमाडौं– कोरोनाको प्रभाव बढ्दै गएपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रकोप अन्य देशमा समेत फैलिएपछि आईतवारको मन्त्रिपरिषद्को बैठकले जोखिम बढेको निष्कर्ष निकाल्दै भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो।

शनिबार मात्र पर्यटन मन्त्रालयले भ्रमण वर्ष लक्षित विदेशमा आयोजना हुने सबै कार्यक्रम रद्द गर्ने निर्णय गरेको थियो। चीनबाट शुरु भएको कोरोना भाइरस अहिले कोरिया, इरान हुँदै अन्यत्र समेत देखिन थालेको छ। अमेरिकामा समेत यही भाइरसका कारण एक व्यक्तिको मृत्यु भएको छ।

चालू आवमा मात्र सरकारले भिजिट नेपालका विभिन्न कार्यक्रममा ६७ करोड बढी रकम विनियोजन गरेको थियो।  भिजिट नेपालको उद्घाटनमा मात्र  ५ करोडभन्दा बढ  खर्च भएको थियो।  भिजिट नेपाल सार्नुपर्ने माग  तथा सुझाव दिँदादिँदै  सरकारको एकतर्फी जोडका कारण भिजिट नेपाल सुरु भएको थियो। यसकारण विवादित बन्दै गएको भिजिट नेपाल अन्ततः कोरोना भाइरसको विश्वव्यापी असरका कारण स्थगित भएको छ। 

प्रकाशित : २०७६ फागुन १९ गते ६:३३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI