काठमाडौं- सरकारले विदेशका विश्वविद्यालय तथा क्याम्पसमा अध्ययनका लागि जाने चाहने नेपाली विद्यार्थीका लागि तत्काल ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नदिने निर्णय गरेको छ।
कोरोना भाइरसको संक्रमण विश्वका धेरै देशमा फैलिएपछि आइतबार बसेको मन्त्रिपरिषदले विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको हो।
विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीले शिक्षा मन्त्रालयबाट अनिवार्य रुपमा उक्त लेटर लिनुपर्ने हुन्छ। मन्त्रिपरिषदले केही समयका लागि उक्त पत्र दिन रोक लगाउने निर्णय गरेको हो।
आइतबार नै बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय समेत गरेको छ। यसैगरी भ्रमण वर्ष २०२० स्थगित समेत गरिएको छ।
प्रकाशित : २०७६ फागुन १९ गते ६:३८
No ads found for this position
Facebook Comment