No ads found for this position

प्रचण्डलाई जुत्ता हान्ने विप्लवका कार्यकर्ता

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १९ गते ७:४५
No ads found for this position
प्रचण्डलाई जुत्ता हान्ने विप्लवका कार्यकर्ता
No ads found for this position

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुत्ता प्रहारको प्रयास भएको छ । आइतबार राजधानीको राष्ट्रियसभामा स्वर्गीय नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो । प्रचण्डलाई प्रहार गरेको जुत्ता मञ्चसम्म भने पुगेन । जुत्ता प्रहार गर्ने विप्लवका कार्यकर्ता रतन तिरुवा भएको बताइएको छ । आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

नेकपा जुम्लाले आइतबार एक विज्ञिप्ति जारी गर्दै तिरुवासँग नेकपाको कुनै साइनो नभएको प्रष्ट पारेको छ । नेकपा जुम्ला जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त अराजनैतिक, उदण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला, सिंजा गाउँपालिका निवासी मुन तिरुवाको छोरा, कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै शहिद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म नभएको, उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गराउन चाहान्छु ।’ विज्ञप्तिमा तिरुवा जुम्लामा पनि पटक–पटक अराजनीतिक कार्यमा संलग्न रहेको र नेपाल प्रहरीले पनि खोजी गरिरहेको व्यक्ति समेत रहेको जनाइएको छ ।

आक्रामणकारीले प्रचण्डले गरेको वर्गसंघर्षको कुराले आफूलाई आक्रोशित बनाएको बताएका छन् । प्रहरी नियन्त्रणमा रहेका उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले भाषणको क्रममा गरेको बर्गसंघर्षको कुरा आफूलाई चित्तै नबुझेको बताए । उनले यही आवेगमा प्रचण्डमाथि जुत्ता हानेको बताएका छन् ।

प्रकाशित : २०७६ फागुन १९ गते ७:४५
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI