आज सोमबार हेर्नुहोस् कस्तो छ तपाईको आज (१९ फागुन) को राशिफल ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १९ गते ७:५६
आज सोमबार हेर्नुहोस् कस्तो छ तपाईको आज (१९ फागुन) को राशिफल ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान(सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह

भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ । प्रयत्न गर्दा रोकिएका काम बनाउन सकिनेछ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेतले आम्दानी बढाउनेछ । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । तर आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । प्रतिफल हातपार्न केही समय लाग्नेछ । जिम्मेवारी भने बढिरहनेछन् तर आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । भाग्यले विभिन्न अवसर जुराउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । विगतका कमजोरीमा सुधार आउनेछ । लगनशीलताले लाभ दिलाउन सक्छ । पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला । तापनि मिहिनेतले फाइदा दिलाउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा फाइदा हुनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । अरूका काममा धेरै समय खर्चनुपर्ला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ । शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ । तर अरूको भर पर्दा काम अधुरो रहन सक्छ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु

घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ । वादविवादले साथीभाइमा फाटो ल्याउनेछ । निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ । भेटघाटले काममा अलमल्याउन सक्छ । तापनि मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ । व्यवसायको सन्दर्भमा यात्रा गर्नुपर्ला ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय छ। केही फजुल खर्च पनि बढ्न सक्छ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ । दिगो फाइदा हुने काम सम्पादन हुनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिएला । ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । तापनि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द

पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । कृषि तथा पशुधनले मनग्गे फाइदा दिनेछ । पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । परिश्रमद्वारा राम्रो परिणाम प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू भने सक्रिय रहनेछन् । तापनि दैनिकीमा परिवर्तन आउनेछ ।

फागुन १९ मार्च २
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रकाशित : २०७६ फागुन १९ गते ७:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI