जिल्ला समन्वय समिति (जिसस) ओखलढुंगाले लाखौं मूल्य पर्ने सामान कौडीको भाउमा विक्रि गरेको पाइएको छ । समितिले २२ वटा ल्यापटप चार हजार चारसय र तीन थान ग्यास सिलिण्डर सय रुपैयाँमा विक्रि गरेको फेला परेको छ ।
जिल्ला समन्वय अधिकारीको अध्यक्षतामा गठित समितिद्धारा पारित दररेटका आधारमा दुई थान जेनेरेटर एक हजार पाँचसय, चार थान टिभी चार हजार, पाँचथान डेस्कटप कम्प्युटर दुई हजार दुई सय रुपैयाँमा लिलाम गरिएको हो ।
त्यस्तै तीन थान कम्प्युटर टेवुल दुईसय, दुई थान फोटोकपी मसिन एक हजार, एकथान फ्रिज ५०, चारथान रिभल्बिङ कुर्सी सय रुपैयाँका दरले बिक्रि गरेको पाइएको छ । समितिले ७४ प्रकारका सामान लिलामीमा राखी बिक्रि गरेको जनाइएको सोमबारको नागरिक दैनिकमा उल्लेख छ ।
महालेखा परीक्षकको प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन २०७६ अनुसार समितिले बिक्रि गरेको सामानको मूल्यमा विश्वस्त हुने आधार देखिदैन । नियम विपरीत लिलाम समिति गठन गरेर सामान विक्रि गरेको महालेखाले जनाएको छ ।
प्रकाशित : २०७६ फागुन १९ गते १०:२९
No ads found for this position
Facebook Comment