No ads found for this position

निर्मला पन्तका हत्यारा खोज्न फेरि खटियो सीआईबी टोली

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १९ गते १०:४०
No ads found for this position
निर्मला पन्तका हत्यारा खोज्न फेरि खटियो सीआईबी टोली
No ads found for this position

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को विशेष टोली फेरि पठाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गरिरहेको अनुसन्धानमा सघाउन सीआईबीबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा फरेन्सिक र कम्युटर विज्ञसहितको टोली खटाइएको हो।

घटनाबारे कञ्चनपुरका डीएसपी रवीन्द्रनाथ पौडेलको नेतृत्वमा अनुसन्धान भइरहेको छ। पौडेलको टोलीले पनि स्थानीय दिलीपसिंह विष्टमाथि नै केन्द्रित भएर घटनाको अनुसन्धान गरिरहेको छ। विष्ट डेढ वर्षअघि नै पक्राउ परेर छुटेका थिए। घटनापछि ३ जना अनुसन्धान अधिकृत फेरिइसकेका छन्।

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले घटनामा संलग्नलाई जतिसक्दो चाँडो कानूनी दायरमा ल्याउने गरी अनुसन्धान भइरहेको बताए ।

‘निर्मला पन्त बलात्कार र त्यसपछि भएको हत्या सम्बन्धी घटनाको कञ्चनपुर प्रहरीबाटै अनुसन्धान भइरहेको छ’ यसमा ब्याक सपोर्टका रुपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोली कञ्चनपुरमै बसेर काम गरिरहेको छ,’ प्रवक्ता क्षेत्रीले भने, ‘अपराधमा संलग्नलाई छिट्टै कानूनी दायरामा ल्याउने हाम्रो प्रयास जारी छ, सबै कोणबाट अनुसन्धान भइरहेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी पन्त २०७५ साउन ११ गते सोही नगरपालिकाको वडा नम्बर १८ निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन्। उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको थियो। आजको कान्तिपुर दैनिकमा खबर छ।

प्रकाशित : २०७६ फागुन १९ गते १०:४०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI