No ads found for this position

आजको संसद बैठकमा कोरोना, भ्रष्टाचार, जुत्ता प्रहार र मृगौलाको चर्चा

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १९ गते १६:४८
No ads found for this position
आजको संसद बैठकमा कोरोना, भ्रष्टाचार, जुत्ता प्रहार र मृगौलाको चर्चा
sf7df8f}F, ! c;f/ -/f;;_ M k|ltlglw;efsf] cfOtaf/sf] a}7sdf e"ld Joj:yf, ;xsf/L tyf ul/aL lgjf/0f dGqfno, sfg'g, Gofo tyf ;+;bLo dfldnf dGqfno, / u[x dGqfno;DaGwL ljlgof]hg ljw]osdflysf] 5nkmndf efu ln+b} ;f+;b . t:jL/ M /Tg >]i7
No ads found for this position

काठमाडौं । सदनमा कोरोना भइरस (कोभिड–१९), भ्रष्टाचार र समसमायिक विषयमा सांसदहरूले संसद् र सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आइतबार भएको अमानवीय व्यवहारको भत्र्सना गरे। उनले सो विषयमा गृहमन्त्रालयको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षालाई सुदृढ बनाउन जोड दिए ।

सांसद पौडेलले कोरोना भाइरस करिब ६४ देशमा पुगिसकेको सञ्चारमाध्यममा आएकाले नेपालमा त्यसको रोकथामका निम्ति अझ उच्च सतर्कता अपनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले विभिन्न देशमा फैलिएको कोरोना भाइरसका सम्बन्धमा सरकारले उच्च सतर्कता अपनाउन नसकेको बताए । उनले विश्व स्वास्थ्य सङ्गठनले नेपाललगायत विभिन्न मुलुकलाई कोरोना भाइरसको उच्च जोखिममा रहेको बताए पनि सरकारले त्यसअनुरूपको तयारी गर्न नसकेको बताए । सरकारले संसद्लाई छलेर चोर बाटोबाट जनतामा कर थोपर्ने काम गरेको भन्दै उनले आपत्ति जनाए ।

सांसद महेन्द्र राय यादवले सरकारले जनतालाई मारमा पार्ने गरी इन्धनमा कर थप्ने निर्णय गरेकोप्रति आपत्ति जनाए । उनले प्रदेश नं ३ को नामकरण गर्दा पहिचानलाई आत्मसात् गर्न नसकिएको भन्दै गुनासो गरे । सांसद प्रदीप यादवले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको विषय उल्लेख गरिए पनि व्यवहारमा नदेखिएको भन्दै चिन्ता व्यक्त गरे ।

सांसद राजेन्द्रकुमार लिङ्देनले व्यक्ति विशेषका लागि संविधान संशोधन गर्ने विषय सत्तापक्षीय दलबाटै आएको भन्दै आपत्ति प्रकट गरे । सांसद दिव्यमणि राजभण्डारीले संसारभर प्रकोपका रूपमा फैलिँदै गएको कोरोना भाइरसबाट बच्ने उपायका सन्दर्भमा सरकारले पर्याप्त तयारी गर्न नसकेकामा दुःखेसो पोखे । सांसद सरिताकुमारी गिरीले कोशी टप्पु आरक्षण क्षेत्रमा हात्ती, बँदेललगायत वन्यजन्तुको आक्रमणबाट स्थानीयवासी पीडित र त्रसित बनेकोप्रति सरकारको ध्यनाकर्षण गराइन्।

सांसद शान्ता चौधरीले प्रधानमन्त्रीले आफ्नो मिर्गौला प्रत्यारोपण स्वदेशमै गर्न लागेकामा खुशी व्यक्त गर्दै उनको पूर्ण स्वास्थ्यलाभको कामना गरे । नेकपाका सचेतकसमेत रहेकी  सांसद चौधरीले नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार भएको अभद्र व्यवहारप्रति आपत्ति जनाए ।

 कांग्रेसका सांसद प्रकाश रसाइली (स्नेही) ले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै कोरोना भाइरसभन्दा पनि भ्रष्टाचारको भाइरसबाट मुलुकमा त्रास पैदा भएको बताए ।

प्रकाशित : २०७६ फागुन १९ गते १६:४८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI