नवलपुरमा सवारी दुर्घटनामा सात महिनामा ४४ को मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १९ गते १७:३२
नवलपुरमा सवारी दुर्घटनामा सात महिनामा ४४ को मृत्यु

फागुन १९, नवलपुर ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले चालु आर्थिक बर्ष २०७६⁄०७७ को ७ महिना भित्र सवारी दुर्घटनामा परि ४४ जनाको मृत्यु भएको जानकारी दिएको छ। साउन महिनादेखि माघ अन्तिम सम्ममा सवारी दुर्घटनामा परि ४४ जना को मृत्यु भएको हो ।

जसमा सबै भन्दा बढि असोज महिनामा १२ जना , कार्तिक १० र माघमा १० जनाको मृत्यू भएको ट्राफिक कार्यालयको तथ्याङकले देखाएको छ । दुर्घटनामा ८० जना गम्भिर घाईते भएका छन । १ सय २० सामान्य दुर्घटनामा परेका थिए । ट्राफिक कार्यलयका अनुसार सडकमा रहेका खाल्डाखुल्डी नै दुर्घटनाको कारण भएको बताएको छ ।

यस्तै चालकको लापर्वाहीका कारण पनि सडक दुर्घटना बढ्दो रहेको जनाईएको छ । हाल सम्म ट्राफिक कार्यलयले ट्राफिक नियम उलंघन गर्ने ७ हजार ५ सय ५० जनालाई कार्वाही गरेको छ भने करिब ४६ लाख बराबरको राजश्व संकलन गरेको छ ।

प्रकाशित : २०७६ फागुन १९ गते १७:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI