No ads found for this position

अन्तरक्रिया कार्यक्रम सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १९ गते २०:०६
No ads found for this position
अन्तरक्रिया कार्यक्रम सम्पन्न
No ads found for this position

प्रेम न्यौपाने/कावासोती, १९ फागुन

सामुदायिक सेवा केन्द्र नवलपुर र सामुदायिक सेवा केन्द्र बगर पोखराका पदाधिकारीहरु बिच अन्तरकृया कार्यक्रम सोमबार कावासोतीमा सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र बगर पोखराबाट अवलोकन भ्रमणका लागि नवलपुर आइपुगेको भ्रमण टोली र सामुदायिक सेवा केन्द्र नवलपुरका पदाधिकारी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सामुदायिक सेवा केन्द्र नवलपुरका अध्यक्ष नारायणी भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एवम सामुदायिक सेवा केन्द्र बगर पोखराका अध्यक्ष मनपती भण्डारीले सामुदायिक सेवा केन्द्र बगर पोखराले गरेका सफल अभ्यासहरुका बारेमा जानकारी गराउँनुभएको थियो । त्यस्तै कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले सामुदायिक सेवा केन्द्रहरुले सेवाको भावनाबाट प्रेरित भइ समाजिक रुपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताउँनुभयो । सामुदायिक सेवा केन्द्र नवलपुरका कोषाध्यक्ष भेष बहादुर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण सेवाकेन्द्र नवलपुरका सचिव प्रेम न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित : २०७६ फागुन १९ गते २०:०६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI