त्रिभुवन विमानस्थलमा मास्क अनिवार्य, भिजिटर पास स्थगित

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १९ गते २१:४०
त्रिभुवन विमानस्थलमा मास्क अनिवार्य, भिजिटर पास स्थगित

काठमाडौं । कोरोना भाइरसको जोखिम बढ्दै गएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले केही नयाँ नियम सोमबारदेखि लागू गरेको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीद्वारा जारी सूचनाअनुसार अब कार्यालयका सबैले मास्क अनिवार्य प्रयोग गर्नुपर्नेछ । केही समयका लागि भिजिटर पासको सुविधा पनि खारेज गरिएको छ । यसका साथै कार्यालयले अत्यावश्यक काम नपरी विमानस्थल क्षेत्रमा प्रवेश नगर्न समेत आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा परेको देशको सूचीमा राखेको छ । सरकारले नेपाल भ्रमण वर्ष र सगरमाथा सम्वाद कार्यक्रम पनि स्थगित गरिसकेको छ ।

प्रकाशित : २०७६ फागुन १९ गते २१:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI