No ads found for this position

महिलाको स्खलन आनन्दानुभूति

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १९ गते २२:२७
No ads found for this position
महिलाको स्खलन आनन्दानुभूति
Beautiful couple being romantic and passionate in bed
No ads found for this position

डा.दिनेश बास्तोला

व्यक्तिको जनेन्द्रियको कामोत्तेजना मस्तिष्कको निर्देशनले हुने प्रक्रिया हो। पुरुष–महिलाले रात्रिजन्य कामोत्तेजनाको अनुभूति तथा अनुभव गर्नु स्वाभाविक र प्राकृतिक प्रक्रिया हो।

मस्तिष्कको उत्तेजनामा स्खलन
निदाउने क्रममा आँखाको चाल तीव्र भएको अवस्थामा व्यक्तिको जनेन्द्रियमा रक्त प्रवाह बढी नै भएको अनुभूति र अनुभव हुन्छ। निदाउने क्रममा आँखाको चाल तीव्र भएको अवस्थामा व्यक्ति सपनाको चरणमा समेत प्रवेश गर्ने भएकाले त्यस्तो अवस्थामा पुरुषको लिंग ठडिने र महिलाको योनि उत्तेजित हुन सक्छ। त्यसैले व्यक्तिको यौन निद्राको क्रियाकलापको आधार आँखामा हुने तीव्र चालमा भर पर्छ।
पुरुषको हकमा लिंग र महिलाको हकमा योनि तथा मस्तिष्कमा राम्रोसँग रक्तप्रवाह भइसकेपछि कामोत्तेजना बढी हुँदा स्वप्न स्खलन हुन्छ।

मस्तिष्कको यौनकेन्द्र उत्तेजित
यसरी निदाउने क्रममा आँखाको चाल तीव्र भएको अवस्थामा मस्तिष्कको संकेतका कारण यौन जोडीको जनेन्द्रिय बढी नै सक्रिय हुन्छन्। मस्तिष्क र जनेन्द्रिय सक्रिय हुनका लागि  पर्याप्त अक्सिजनको आवश्यकता पर्छ।  त्यसैगरी यौन क्रियाकलाप गरेको अवस्थामा मस्तिष्कको यौन केन्द्र र मुख्य जनेन्द्रियको अंगमा अक्सिजनको बढी आवश्यकता हुन्छ।

शरीरमा पर्याप्त अक्सिजनको मात्रा पुग्नाले रक्त प्रवाहमा सहजता ल्याउँछ। रक्त प्रवाह सहज भएको अवस्थामा मस्तिष्कको यौन केन्द्र र जनेन्द्रियलाई सक्रिय बनाउँछ। यसरी यौन केन्द्र र जनेन्द्रिय सक्रिय हुँदा पुरुषको लिंग र महिलाको योनि सक्रिय भई कामोत्तेजना आउँछ। जसका कारण पुरुषको वीर्य स्खलन र महिलामा योनि रसको स्खलन हुन जान्छ।

महिलामा स्खलनको अनुभूति
कतिपय कामोत्तेजना भएको अवस्थामा महिलाले ‘क्लिनटोरिस’ र ‘लबिया–निनोरा’ फुलेको अनुभव गर्छन्। रात्रिकालीन यौनजन्य सपनाको कारण महिलाले कामोत्तेजनाको अनुभूति तथा अनुभव गर्न सक्छन्। कामोत्तेजना भई स्खलन भएको अवस्थामा महिलाको योनि रसाउँछ। तर पुरुषको तुलनामा महिलाले रात्रिकालीन कामोत्तेजनाको अनुभूति तथा अनुभव कमै गर्छन्। महिलाको स्वप्न स्खलन कमै हुन्छ। त्यति मात्रै कहाँ हो र ? महिलाले पुरुषको तुलनामा जनेन्द्रियबाट  निस्कने रसादिको आनन्दानुभूति पनि कमै गर्न पाउँछन्।

यौन क्रियाकलापको क्रममा कामोत्तेजना सँगसँगै महिलाको ‘बाथोनिल’ ग्रन्थीबाट रसादि निस्कन्छन्। यौन सम्पर्कका क्रममा महिलाको योनिबाट चिप्लो पदार्थ निष्कासन हुन्छ। जसले यौन जोडीबीचको यौन सम्पर्कलाई सुखमय र आनन्द बनाउन सहयोग गर्छ। तर योनिबाट चिप्लो पदार्थ बाहिर निष्कासन नभएको अवस्थामा यौन सम्पर्कका क्रममा दुवै यौन जोडीलाई दुखाइ हुन्छ। जसका कारण यौन सम्पर्क नै आनन्ददायी हुनुको सट्टा पीडादायी हुन्छ। यौन जोडीसँगको यौन क्रियाकलाप तथा यौन सम्पर्कको क्रममा महिलामा मानसिकरुपमा यौन उत्तेजना आएको खण्डमा यौनाङ्ग सक्रिय तथा गतिशील हुन्छन्। जसका कारण योनिबाट चिप्लो पदार्थ निष्कासन भई स्खलन हुन सहयोग पु¥याउँछ। त्यसैले यौन क्रियाकलापको कला भएको अवस्थामा मात्रै योनिजन्य रसादि निष्कासन हुन सहयोग पुग्छ। जसले स्वप्न स्खलनको आनन्दानुभूतिसमेत प्राप्त हुन्छ।

सबैले गर्दैनन् स्खलनको अनुभूति
अध्ययनअनुसार ३७ प्रतिशत महिलाले मात्रै आफ्नो जीवनकालमा स्वप्न स्खलन तथा रात्रिकालीन कामोत्तेजनाको अनुभूति र अनुभव लिएका हुन्छन्। बाँकीले जीवनभर नै यस्तो अनुभव लिने अवसर पाएका हुँदैनन्। स्वप्न स्खलन यौन सन्तुष्टिको एक माध्यम हो। यो पुरुषमा मात्रै हैन महिलामा पनि लागू हुन्छ। स्वप्न स्खलन तथा रात्रिकालीन कामोत्तेजनाको अनुभूति र अनुभव लिएका महिलाले जीवनमा यौनको पूर्ण सन्तुष्टि प्राप्त गर्छन्। यस्ता महिलाले यौन जोडीसँग यौन सम्पर्कका क्रममा समेत यौनानन्दानुभूति लिएका हुन्छन्।

यौनको ज्ञान आवश्यक
यौन शिक्षा तथा कामोत्तेजना र स्वप्न स्खलनका विषयमा अभिभावकले आफ्ना सन्ततिलाई उचित शिक्षा नदिँदा बालबालिकामा यौन शिक्षाको ज्ञान कम हुन्छ। जसका कारण उनीहरु यौन शिक्षाका लागि अन्य व्यक्तिको भर पर्न सक्ने भएकाले यौन हिंसामा पर्ने सम्भावना हुन्छ।

किशोरावस्थामा यौन शिक्षाको आवश्यकता पर्छ। यौन शिक्षाको अभावका कारण नै महिलामा हुने स्वप्न स्खलनका कारण लगाएका तथा ओडेका र ओछ्याएका कपडामा योनिको रसादी लाग्छ। यस्तो स्खलनलाई कसरी गोप्य राख्ने भन्ने चिन्ताका कारण किशोरीलाई मानसिकरुपमा तनाव उत्पन्न हुन्छ। त्यसैले किशोरावस्थामा प्रवेश गरेका किशोरी (महिला) ले यौनका विषयमा अभिभावक तथा चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ। किशोर–किशोरीले यौनका विषयमा आफ्ना अभिभावक तथा विश्वासका पात्रसँग परामर्श लिन हिचकिचाउनु हुन्न।

नागरिक शुक्रवार बाट

प्रकाशित : २०७६ फागुन १९ गते २२:२७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI