No ads found for this position

दिल्ली अदालतको फैसलाः निर्भया बलात्कार–हत्याकाण्डका दोषीलाई सुनाइएको मृत्युदण्ड रोकियो

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २० गते ५:००
No ads found for this position
दिल्ली अदालतको फैसलाः निर्भया बलात्कार–हत्याकाण्डका दोषीलाई सुनाइएको मृत्युदण्ड रोकियो
No ads found for this position

एजेन्सी- दिल्ली अदालतले निर्भया बलात्कार–हत्यकाण्डका दोषीलाई मृत्युदण्ड दिन रोक लगाएको छ । अदालतले निर्भयाका चार दोषीलाई मृत्युदण्ड दिने आदेशमा रोक लगाएको हो । अदालतले मृत्युदण्डको सजायलाई रोक्ने फैसला सुनाउँदै आरोपी ४ जनामध्ये पवनको दया याचिका राष्ट्रपति समक्ष पेन्डिङमा रहेको समेत बताएको छ । अदालतले ४ जनामध्ये १ जनाको दयाँ याचिका पेन्डिङमा भएकोले फाँसी दिन नसकिने समेत स्पष्ट पारेको छ । 

यसअघि सोमबार पटियाला हाउस अदालतले दोषी अक्षय सिंह र पवनकुमार गुप्ताले मृत्युदण्ड सम्बन्धी मुद्दामा रोक लगाइदिन भनी दायर गरेको याचिका खारेज गरेको थियो । आरोपीहरुमाथि यसअघि पटक–पटक फाँसी दिने मिति घोषणा भएपनि अदालतले उक्त मिति सार्दै आएको छ ।   

प्रकाशित : २०७६ फागुन २० गते ५:००
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI