गाँजा खेतिलाई वैध बनाउन गरिएको संशोधन प्रस्तावमा के छ ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २० गते ७:०५
गाँजा खेतिलाई वैध बनाउन गरिएको संशोधन प्रस्तावमा के छ ?

काठमाडौ गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ । पूर्वमन्त्री शेरबहादुर तामाङले मस्यौदा गरेको नीजि विधेयक सोमबार सचिवालयमा दर्ता भएको हो ।

सांसदहरुको विशेषअधिकार प्रयोग गर्दै ल्याइएको विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेती गर्न पाउने उल्लेख छ । विधेयक दर्तापछि तामाङले गाँजाको क्षेत्र व्यापक रहेको र औषधिय गुण भएकाले किसानसँगै समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए । गाँजामाथि लागेको प्रतिबन्ध फुकुवा भएमा युवाहरु विदेशीनुपर्ने बाध्यताको अन्त्य हुने र स्वदेशमै रोजगारीका अवशरहरु सिर्जना हुने तामाङको दाबी छ ।

पत्रकारहरु सँग कुरा गर्दै तामाङले गाँजा खेतिलाई वैध बनाउने हो भने आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए । विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधिय गुण हुने भनिसकेको अवस्थामा नेपाल पनि यसमाथि लागेको प्रतिवन्ध फुकुवा हुनुपर्ने उनले बताए । अमेरिका क्यानडालगायत विश्वका ४० मुलुकहरुले गाँजामाथिको प्रतिवन्ध फुकुवा गरेको छ । कानूनमा उत्पादनका सीमा, प्रयोगका सर्तहरु उल्लेख भएकाले जथाभावी नहुने तामाङले बताए । यसअघि गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै सांसद विरोध खतिवडालगायतले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।

गाँजा खेतिलाई वैध बनाउन गरिएको संशोधन प्रस्ताव :

गाँजा खेति ब्यवस्थापन विधेयक ०७६

प्रकाशित : २०७६ फागुन २० गते ७:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI