No ads found for this position

गैँडाकोटमा चोरीका घटना बढ्दै

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २० गते १५:४९
No ads found for this position
गैँडाकोटमा चोरीका घटना बढ्दै
No ads found for this position

गैंडाकोट २ ईलाका प्रहरी कार्यालय अगाडी शिलन्यास टोल प्रथम मार्गमा गएराती चोरी भएको छ।

राती करिब २ बजेको समयमा घरमा रहेका २ वटा दराज फोरेर १ तोला सुन, १८ तोला चाँदी र ६ हजार ५ सय नगद चोरी भएको घरधनी खगेन्द्र सुवेदीले बताउनुभयो।

आफु घर बाहिर रहेको समयमा चोरी भएको उहाँको भनाई छ। उहाँले चोरको खोजी गरि क्षतिपुर्तीका लागि पहल गरिदिन माग गर्दै ईलाका प्रहरी कार्यालय गैंडाकोटमा निवेदन दिनुभएको छ।

अपाङ्ग जिवन विकास सस्थाको कार्यलयमा चोरी

गैंडाकोट नगरपालिका वडा नं २  भृकुटिचोकमा रहेको अपाङ्ग जिवन विकास सँस्थाको कार्यलयमा चोरी भएको छ।
 कार्यालयका अध्यक्ष बालकृष्ण सापकोटका अनुसार कार्यालयको कोठामा  सुतिरहेको अवस्थामा ढोका फोरेर चोरले कोठा भित्रबाट स्यामसुङ जे सेभेन मोबाइल र नगद ६० हजार लगेको जानकारी दिनु भयो।

अपाङ्गता भएका व्यक्तिलाई सहयोग स्वरुप वर्दिबास बाट हिजो मात्रै आएको सहयोग रकम २५ हजार, कालिका नगरपालिका चितवनले दिएको ५ हजारको चेक र अपागंता भएका व्यक्तिलाई चोरमारा बाट औषधि खरिदका लागि दिएको र अन्य रकम गरि ६० हजार चोरले लगेको हो।

आफुले लगाउने ज्याकेटको खल्तीमा चेक र नगद राखिएको अवस्थामा र सिरानी नजिक राखेको मोबाइल सहित ज्याकेट र सट दुवै लगेको सापकोटाले बताउनु भयो। विहान ३:३० मा उठेपछि मोवाइल खोज्ने क्रममा चोरी भएको थाहा पाएपछि सापकोटाले प्रहरीलाई खवर गर्नु भएको थियो। 
खबर पाए लगतै पुगेको इलाका प्रहरी कार्यालय गैडाकोटले ढोका फोर्न प्रयोग गरिएको रड बरामद् गरेको छ। चोरको खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्सपेक्टर चन्द्रवहादुर थापाले जानकारी दिनुभयो।
ढोकाको चुक्कील निकै कमजोर रहेकाले सजिलै चोरले ढोका खोल्न सकेको अनुसन्धानबाट देखिएको थापाले बताउनु भयो। आफ्नो घरको ढोका बलियो बनाउन र आफु स्वाय पनि सचेत रहन थापाले सवै सर्वसाधारणलाई अनुरोध समेत गर्नु भएको छ।

प्रकाशित : २०७६ फागुन २० गते १५:४९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI