No ads found for this position

प्रधानमन्त्री ओलीलाई शुभकामना दिन चाहनुहुन्छ? यसो गर्नुहोस

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २० गते १६:१३
No ads found for this position
प्रधानमन्त्री ओलीलाई शुभकामना दिन चाहनुहुन्छ? यसो गर्नुहोस
No ads found for this position

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको छ।

यसक्रममा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभ र सफल शल्यक्रियाको शुभकामना सन्देशहरु आआफ्नो सामाजिक सञ्जालहरुमा धमाधम पोष्ट भइरहेका छन्।

यसै सिलसिलामा प्रधानमन्त्री सचिवालयले शुभकामना दिने व्यवस्था मिलाएको छ। त्यसका लागि सिधै kpsharmaoli.com.np मा गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो शुभेच्छा प्रकट गर्न सक्नुहुनेछ। त्यसका लागि ‘पोष्ट’ लेखेको स्थानमा क्लिक गरेपछि एउटा बक्स खुल्नेछ।

त्यहाँ नाम, ठेगाना, आवद्ध संस्था, सम्पर्क नम्बर र सन्देश भरिसकेपछि ‘सबमिट’ बटन थिच्दा तपाईंको शुभेच्छा पोष्ट हुनेछ ।

प्रकाशित : २०७६ फागुन २० गते १६:१३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI