No ads found for this position

युवराज खतिवडा पुन: अर्थमन्त्री नियुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २१ गते १०:४८
No ads found for this position
युवराज खतिवडा पुन: अर्थमन्त्री नियुक्त
No ads found for this position

डा. युवराज खतिवडा पुन: अर्थमन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् । खतिवडाले मंगलवार मात्र राजीनामा दिएका थिए ।

‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/०३ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिशमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय सभामा खतिवडाको कार्यकाल सकिएपनि ६ महिनाका लागि मन्त्री बन्न सक्ने बाटो संविधानले खुला गरेको छ। त्यसपछि पनि मन्त्री पदमा निरन्तरता पाउने हो भने यसबीचमा संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्ने हुन्छ ।

हेर्नुहोस्, विज्ञप्ति :

मन्त्री पदमा नियुक्त

२१ फाल्गुन २०७६, बुधबार १०:२३

आज मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/०३ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ ।

हरिप्रसाद दहाल
प्रवक्ता

प्रकाशित : २०७६ फागुन २१ गते १०:४८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI