अमेरिकामा आँधी,२४ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २१ गते १०:५४
अमेरिकामा आँधी,२४ जनाको मृत्यु
Two men look at damage Tuesday, March 3, 2020, in Cookeville, Tenn. after a tornado hit on Monday night.(AP Photo/Wade Payne)

मेरिकाको टेनेसीमा आएका भयंकर आँधीका कारण २४ जनाको मृत्यु भएको छ भने सयौं भवनहरू भत्किएका छन्। 

आरम्भिक आकलनमा ईएफ-३ नामक आँधीले ईस्ट न्याशभिलमा क्षति पुर्‍याएको देखाएको नेसनल वेदर सर्भिसले जनाएको छ। 

पीडितहरूमध्ये एक जोडीको ककटेल बारको भवन भत्किएपछि मृत्यु भएको थियो। 

शक्तिशाली आँधीले उक्त क्षेत्रमा उत्पात मच्चाएको धेरै घन्टापछि स्थानीय अधिकारीहरूले बाँचेकाहरूको खोजी गरिरहेका छन् । स्वयंसेवीहरूले भत्केका अनेकौं घर, रेस्टुराँ र चर्चहरूको सरसफाइ गरिरहेका छन्। 

‘हामीहरूले एकएक गरी खोजबिन गरेर कोही पनि नछुटून् भनी सुनिश्चित गर्नुपर्छ,’ मेयर जोन कूपरले भने। आँधीका कारण ४८ वटा भवन भत्किएको र १५० जनालाई अस्पताल लगिएको पनि उनले जानकारी दिए।
 

प्रकाशित : २०७६ फागुन २१ गते १०:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI