No ads found for this position

१०३ जना प्रहरी जवानको तलब–भत्ता हिनामिना गरेको आरोपमा पूर्वडीआईजी शाहविरुद्ध भ्रष्टाचार मुद्दा

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २१ गते १०:५९
No ads found for this position
१०३ जना प्रहरी जवानको तलब–भत्ता हिनामिना गरेको आरोपमा पूर्वडीआईजी शाहविरुद्ध भ्रष्टाचार मुद्दा
No ads found for this position

पाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सेवामा बहाल रहँदा कीर्ते दस्तखत गरी प्रहरी जवानहरूको तलब–भत्ता हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार शाहसहित ४ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा आ.व. २०७२/०७३ मा कार्यालय प्रमुखको रूपमा कार्यरत महेशविक्रम शाह, तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक दीपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक प्रहरी हवल्दार केशव सिंह ऐरीले १०३ जना प्रहरी जवानको तलबभत्ताको कुल ३३ लाख ३८ हजा ०८४ रुपैयाँ ८८ पैसा किर्ते हस्ताक्षर गरी हिनामिना गरेको आरोपमा सोही रकम बराबर विगो कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत जनाएका छन् ।

यसरी रकम हिनामिना भएको देख्दादेख्दै बेवास्ता गरी मिलेमतो गरेको आरोपमा कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जीव विशंखेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

प्रकाशित : २०७६ फागुन २१ गते १०:५९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI