No ads found for this position

नेपालले थाइल्याण्डलाई ९ विकेटले हरायो

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २१ गते ११:०८
No ads found for this position
नेपालले थाइल्याण्डलाई ९ विकेटले हरायो
No ads found for this position

एसिसी टी२० पूर्वी क्षेत्रीय छनोट प्रतियोगितामा नेपालले पहिलो खेल जितेको छ। यसअघि मलेसिया र हङकङसँग हारेको नेपालले तेस्रो खेलमा थाइल्याण्डलाई ९ विकेटले हराएको हो। 

टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले पूरा २० ओभर खेल्दै ६६ रनमा अलआउट भएको थियो। ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमा नै पूरा गरेको हो। नेपालका लागि कुशल मल्लले १८ बलमा अविजित ३६ रन बनाए। पारस खड्काले ५ बलमा ९ रन साथै पवन सर्राफले १० बलमा २७ रन बनाए। 

यसअघि बलिङमा करण केसीले नेपालका लागि ३ विकेट लिएका थिए। अभिनाश बोहराले दुई साथै सन्दीप लामिछाने र भुवन कार्कीले एक–एक विकेट लिए। 

प्रकाशित : २०७६ फागुन २१ गते ११:०८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI