गैंडाकोट नगरपालिकाको छैटौं नगर सभा आज बस्दै

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २१ गते ११:२३
गैंडाकोट नगरपालिकाको छैटौं नगर सभा आज बस्दै

गैंडाकोट, फागुन २१ । गैंडाकोट नगरपालिकाको छैटौं नगर सभा आज हुने भएको छ।

नगरपालिकाको कार्यालय नजिक गैंडाकोट रिसोर्टमा बिहान ११ बजे नगरसभाको आयोजना गरिएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो।

नगरसभामा विभिन्न विषयमाथी छलफल हुने कार्यक्रम तय गरिएको नगरपालिकाका सुचना अधिकारी लिलाधर शर्माले जानकारी गराउनुभयो।

उहाँका अनुसार विभिन्न तिनवटा समिति गठन, आर्थिक वर्ष ०७६-७७ को संसोधित विनियोजन विधेयक, अनुमगन समितिको प्रतिवेदन लगायत विविध प्रतिवेदन पेश हुने कार्यक्रम छ।

प्रकाशित : २०७६ फागुन २१ गते ११:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI