भिडभाडमा नजान तथा होलिमा लोला हान्ने जस्ता कार्य नगर्न प्रशासन कार्यालयको अनुरोध
NAWALPUR TIMES प्रकाशित : २०७६ फागुन २१ गते ११:३९
No ads found for this position
No ads found for this position
कावासोती। फागुन २१
छिमेकी मित्रराष्ट्र चीनबाट फैलिएको कोरोना भाईरसको संक्रमण अहिले बिश्वभर फैलिएको अवस्था छ। नेपाल सरकारले यसको जोखिमबाट बच्नका लागी आम जनमानसमा बिभिन्न सचेतनाका कार्यक्रम तथा शुरक्षाका उपायहरू बारे सचेत गराईरहेको अवस्था छ।
यसै सम्बन्धमा सरकारको निर्देशनलाई मध्यनजगर गर्दे जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले आउँदै गरेको होलीपर्वमा संयमित रहन आग्रह गरेको छ।
साथै अन्य वर्षको तुलनामा यो वर्ष फरक तरिकाले होली मनाउदै कोरोना सर्ने तरिकाबाट टाढै रहन पनि आग्रह गरिएको छ ।
Facebook Comment