तोलाको २२ सय रुपैयाँले महंगियो सुन, मूल्यमा नयाँ रेकर्ड

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २१ गते १२:२६
तोलाको २२ सय रुपैयाँले महंगियो सुन, मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ। बुधबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८० हजार पाँच सय र तेजाबी सुनको मूल्य ८० हजार तीन सय रुपैयाँ तोकेको छ। कोरोनाको असर विश्व अर्थचन्त्रमा पर्न थाले पछि सुनको भाउ बढेर किर्तिमानी मूल्य कायम भएको सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए। मूल्य आकासिए पछि बजारमा ग्राहक चहल पहल सून्य भएको उनले बताए।

मंगलबार बजारमा सुनको भाउ छापावल प्रतितोला ७८ हजार तीन सय र तेजावी ७८ हजारमा कारोबार भएको थियो । मंगलबार ८६० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य भने बुधबार २० रुपैयाँले बढेर ८८० रुपैयाँ पुगेको छ ।

प्रकाशित : २०७६ फागुन २१ गते १२:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI