No ads found for this position

‘बलात्कार’ आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २१ गते १८:३८
No ads found for this position
‘बलात्कार’ आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ
No ads found for this position

काठमाडौं । ‘बलात्कार’को आरोपमा कैलालीबाट एकजना प्रदेश सांसद पक्राउ परेका छन् । तत्कालीन नेकपा एमाले पार्टीबाट अछाम जिल्लाबाट निर्वाचित सांसद अक्कल रावल ‘बलात्कार’ आरोपमा पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । फागुन १४ गते एक महिलाले आफूलाई प्रदेश सांसद रावलले ‘बलात्कार’ गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उनको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी काटेको थियो । पक्राउ पुर्जी काटेपछि उनी बुधबार प्रहरीमा उपस्थित भएका थिए । उपस्थित भएका सांसद रावललाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । सांसद रावलको भनाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, “उहाँले ममाथि लगाइएको आरोप निराधार हो । म मुद्दा फेस गर्छु ।”
 

प्रकाशित : २०७६ फागुन २१ गते १८:३८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI