कोरोनाबाट बच्न भारतमा गौमुत्र र गोबर पार्टी गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २१ गते २०:४३
कोरोनाबाट बच्न भारतमा गौमुत्र र गोबर पार्टी गरिने

भारतको राजनीतिक दल, हिन्दु महासभाले कोरोना भाइरसको संक्रमणबाट बच्न गाईको मुत्र र गोबरको केक बनाएर पार्टी गर्ने योजना गरेको छ ।

पार्टी अध्यक्ष चक्रपाणी महाराजले चियाको साटो गौमुत्रको पार्टी गर्ने निर्णय अघि सारेका हुन् । महाराजाले गाईको मुत्र र गोबरले कोरोना भाइरसबाट जोगाउने भएकाले गौमुत्र पार्टीको आयोजना गर्न लागेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।  ‘यसले मानिसहरुलाई गाईको महत्व सिकाउने छ र उनीहरु कोराना भाइरसबाट आफुलाई सुरक्षित गर्न सक्नेछन्’ महाराजाले भने ‘गौमुत्र पार्टीमा मानिसहरुलाई गोबरको केक र त्यसबाट निर्मित अगरबत्ति पनि दिइने छ, र त्यस्ले तुरुन्तै भाइरसलाई मार्न सक्नेछ ।’

यस्तो पार्टी पहिलो पटक दिल्लीमा महासभाको कार्यालयमा हुने र पछि देशभर कार्यक्रम गरिने उनले बताएका छन् । आवश्यक सहयोगका लागि देशभरीका गौशालालाई आग्रह गरेको पनि अध्यक्ष चक्रपाणीले जनाएका छन् । अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २८ पुगेको छ । योसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कोराना भाइरसविरुद्धको तयारीमा विस्तृत छलफल भइरहेको बताएका छन् । ‘कोरोना भाइरसको संक्रमण रोक्न विभिन्न मन्त्रालयसँग सहकार्य भइरहेको र भारत आइरहेका मानिसको स्वास्थ्य जाँच र आवश्यक उपचार गरिने मोदीले भनेका छन् ।

(एजेन्सीहरुबाट)

प्रकाशित : २०७६ फागुन २१ गते २०:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI