काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सचेतना नेपालमा ढिला गरी अपनाउन
थालिएको छ । विश्व
स्वास्थ्य संगठनले चेतावनी दिएपछि मात्र नेपाल सरकार तातेको हो । भ्रमण वर्ष २०२० कार्यक्रम स्थगित भएको छ भने विभिन्न
अन्तर्राष्ट्रिय सभा सम्मेलन पनि स्थगित भएका छन् । सरकारले भीड नगर्न
आग्रह गरेको छ । पार्टीहरुले
समेत आफ्ना कार्यक्रम स्थगित गरेका छन् । विद्यालयलाई परीक्षा चैत ५ भित्रै सकाउन
आग्रह गरेको छ । यस्तो
लाग्छ कि आर्थिक, सामाजिक
स्थिति ठप्प हुँदैछ ।
के
छ कोरोनाको नेपालमा अवस्था ?
नेपालमा अहिलेसम्म २३ जनाको कोरोना
परीक्षण गरिएको छ । एक जनालाई संक्रमण भएको छ । उनी ठीक भइसकेका छन् ।
२२ जनामा भने संक्रमण नदेखिएको चिकित्सकले बताएका छन्
। चार जनाको परीक्षण भइरहेको छ । उनीहरुको बिहीबार साँझसम्ममा रिपोर्ट
आउने डा अनु बास्तोलाले बताए । चीनबाट ल्याइएका १७५ विद्यार्थी र चालकदलसंगै चिकित्सकको
१८ जनाको टोलीलाई १४ दिन क्वारेन्टाइनमा राखिए पनि उनीहरुमा कुनै
संक्रमण देखिएन ।
अहिलेसम्म
विश्वमा चीनसहित ८१ वटा देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । नब्बे हजारभन्दा बढी व्यक्ति संक्रमित
रहेका छन् भने ३ हजार २ सय भन्दा बढीको ज्यान गइसकेको छ ।
प्रकाशित : २०७६ फागुन २२ गते ११:१९
Facebook Comment