No ads found for this position

कोरोना हावामा कति दिनसम्म बाँच्न सक्छ ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २२ गते ११:२२
No ads found for this position
कोरोना हावामा कति दिनसम्म बाँच्न सक्छ ?
No ads found for this position

नेपालीमा भेटिएको छैन कोरोनाको संक्रमण

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा आफूहरुले अहिलेसम्म गरिएको परीक्षणमा कसैलाई पनि कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नभेटिएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘नेपालमा यो भाईरसको परीक्षण हाम्रो ल्याबमा मात्रै हुन्छ, सुरुमा हामीले पनि यसको नमूना परीक्षण हङकङ पठाएका थियौं । त्यतिबेला हामीलाई ठूलो क्रिटिसिजमपनि भयो । तर, अहिले हामी आफैंले परीक्षण सुरु गरिसकेका छौं ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै निर्देशक झाले कोरोनाको परीक्षण थ्रोट स्वाब र नाकबाट पनि लिने गरिएको सुनाईन् । र, उनले कोरोनाको लक्षण बाहिर कुरा आएजस्तै रुघाखोकी र ज्वरा नै भएको सुनाईन् । उनले यो भाईरसको परीक्षणको लागि लामो प्रक्रिया भएको पनि सुनाईन् । उनले भनिन्,‘यसको परीक्षण भनेको पि.सि.आर. हो, हामीले पनि रियल टाईम पि.सि.आर. हेर्ने हो ।’ आफूहरुसँग अहिले चार वटा मेशिन रहेको पनि उनले सुनाईन् । निर्देशक झाले अहिलेसम्म गरिएको परीक्षणहरु सबै नेगेटिभ आएको पनि सुनाईन् । उनले भनिन्,‘हामीले गरेका परीक्षणमा कुनैपिन पोजिटिभ भेटिएन् ।’ दश जनाको परीक्षणपश्चात् पनि आफूहरुले पूनः भेरिभाईको लागि हङकङ पठाएको र उताको रिपोर्टपनि आफूहरुसँग मिलेको उनले स्मरण गराईन् ।

झाले आफूहरुले गरेको परीक्षणको कामसमेत विश्व स्वास्थ्य संगठनले ठीक छ भनेर भनेको सुनाईन् । त्यस्तै, हालै चीनको वुहानबाट उद्धार गरेर ल्याईएका १७५ जना नेपालीहरुको पनि परीक्षण गर्दा रिपोर्ट राम्रो आएको र कसैलाई पनि कोरोना नदेखिएको उनले जानकारी दिईन् । उनले आफूहरुको ल्याबलाई डब्लु.एच.ओ.ले मान्यता दिएको सुनाउँदै हप्तामा ५ सय जनाको परीक्षण गर्न सकिने ल्याबको क्षमता सुनाईन् । उनले हालैमात्रै दक्षिण कोरियाबाट आएको नेपाली जसलाई ‘श्वाँसप्रश्वाँसको समस्या र ज्वरो आएको थियो’ परीक्षण गर्दा उनको पनि रिजल्ट नेगेटिभ आएको जानकारी दिईन् । उनले आफूहरुले ल्याबमा काम गर्दा उच्च सतर्कता अपनाएको पनि विश्वास दिलाईन् ।

उनले नेपाललाई कोरोनामुक्त बनाउनको लागि सबैले मिलेर काम गर्नुपर्ने र आफूले पनि यही कामना गरेको बताईन् । उनले भने,‘सबैले मास्क प्रयोग गरौं । विशेषतः रुघाखोकी लागेकाहरुले झनै यसको प्रयोग गर्न जरुरी छ । लगातार सावुन पानीले हात धुनुपर्छ ।’ उनले यो भाईरस हावामा कति दिनसम्म बाँच्न सक्छ ? भनेर अहिलेसम्म आधिकारिक तथ्य बाहिर नआएको पनि स्पष्ट पारिन् । उनले भनिन्,‘यो विषय अहिलेपनि अध्ययनको विषय हो । १०० प्रतिशत रिसर्च भैसकेको छैन् ।’ यद्धपी ९ दिनसम्म पनि बाँच्ने र कसैले २४ देखि ४८ घण्टासम्मपनि बाँच्छ भनेको उनले सुनाईन् ।

प्रकाशित : २०७६ फागुन २२ गते ११:२२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI