No ads found for this position

कोरोना संक्रमण : भारतले औषधि र कच्चा पदार्थको निर्यातमा लगायो रोक, नेपालमा पनि असर

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २२ गते ११:२७
No ads found for this position
कोरोना संक्रमण : भारतले औषधि र कच्चा पदार्थको निर्यातमा लगायो रोक, नेपालमा पनि असर
No ads found for this position

कोरोना भाइरसको संक्रमण विश्वका अधिकांस देशमा फैलिरहेको समयमा भारतले विभिन्न औषधि र कच्च पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको छ।भारतको यो निर्णयसँगै नेपालमा पनि यसको असर पर्ने देखिएको छ। तर नेपाली औषधि उत्पादक कम्पनीले आफूहरुसँग पर्याप्त मात्रामा औषधि र कच्चा पदार्थको स्टक रहेको बताएका छन्। औषधि व्यवस्था विभागमा बुधबार भएको छलफलमा तत्काल कुनै असर नदेखिए पनि भारतले कच्चा पदार्थको निर्यातमा लामो समय रोक लगाएमा भने नेपालमा पनि गम्भिर समस्या निम्तिने खतराका विषयमा जानकारी गराइएको छ।

भारतले अहिले निर्यातमा रोक लगाइएका धेरैजसो औषधि नेपालमा नै उत्पादन हुन्छन्। तर त्यसका लागि आवश्यक अधिकांस कच्चा पदार्थ भने भारतबाट नै आयात हुन्छ। भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ। जसमा प्यारासिटामोल, भिटामिन, ग्याष्ट्रिकका औषधि समेत पर्छन्। भारतले लामो समय यी २६ उत्पादनमा रोक लगाए नेपालमा पनि समस्या देखिन्छ’, एक औषधि व्यवासयीले भने, ‘चीनमा पनि कच्चा पदार्थ उत्पादन गर्ने धेरै कम्पनीहरु अहिले कोरोना भाइरसको संक्रमणका कारण बन्द भएका छन्। यस्तो अवस्थामा भारतबाट पनि रोकिनु राम्रो संकेत होइन।’ भारतका औषधि उत्पादकहरु ७० प्रतिशत कच्चा पदार्थका निम्ति चीनमा निर्भर छन्। नेपालले पनि अधिकांस कच्चा पदार्थ भारत, चीन र ब‌ंगलादेशबाट नै ल्याउँछ।

चीन र भारतमा असर गर्दा त्यसको सोझै असर नेपालमा पनि पर्ने बताउँछन् नेपाली उत्पादक। तर आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको उनीहरु बताउँछन्। उनीहरुका अनुसार नेपाली उत्पादकसँग अझै तीन चार महिनालाई पुग्ने कच्चा पदार्थको स्टक छ। नेपाली औषधि बजारमा नेपाली उत्पादनको बजार हिस्सा ४५ प्रतिशत मात्र छ।

यी हुन् भारतले निर्यातमा रोक लगाएका औषधि र कच्चा पदार्थ

प्रकाशित : २०७६ फागुन २२ गते ११:२७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI