एउटा विज्ञापनको लागि सलमानले लिए एक दिनको ७ करोड

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २२ गते ११:३२
एउटा विज्ञापनको लागि सलमानले लिए एक दिनको ७ करोड

एजेन्सी : फिल्ममा मात्र होइन बलिउड सुपरस्टार सलमान खान कुनै पनि ब्राण्डको लागि पनि दोस्रो सेलिब्रेटीका लागि अप्ठयारो पार्न सक्छन् । उनको स्टारडम यस्तो छ कि कुनै पनि कम्पनी उनलाई ब्राण्ड एम्बेसेडर बनाउनको लागि करोडौं खर्च गर्न तयार हुन्छन् । सलमान खानले केही दिन अगाडि एउटा स्मार्टफोन कम्पनीको लागि विज्ञापन शुटिङ गरेका थिए । उक्त विज्ञापन मुम्बईको महबुब स्टुडियोमा शुटिङ गरिएको थियो । सलमान खानले उक्त विज्ञापन शुटिङको लागि प्रतिदिन ७ करोड भारु लिएका थिए ।

विज्ञापन शुटिङको गर्दा ब्राण्डको मार्केटिङलाई मध्यनजर गरेर गरिएको थियो जसले गर्दा शुटिङ गर्न चार÷पाँच दिन लाग्यो । सलमानले एक दिनको हिसाबले ७ करोड भारु दिइयो । यस हिसाबले उनले २८/३५ करोड भारु लिए ।  अर्को आश्चर्यको कुरा के छ भने उक्त विज्ञापन स्मार्टफोनको थियो । उक्त स्मार्टफोनको मूल्य १४, ९९९ मात्रै रहेको छ ।  उक्त स्मार्टफोनको बारेमा सलमान भन्छन्, ‘तीव्र रुपमा माग बढिरहेको स्मार्टफोनसँग जोडिन पाएकोमा निकै खुशी छुँ । रियल मि ६ सिरीज स्टाइलिश छ । र, यो ग्राहकलाई निकै मन पर्नेछ ।’

प्रकाशित : २०७६ फागुन २२ गते ११:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI