अज्ञात समूहद्वारा दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २२ गते ११:३५
अज्ञात समूहद्वारा दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी

कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन् ।  हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको ती सामग्रीमा गए राति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ ।  कम्पनीको दुई वटा जेसिभी दुई वटा स्काभेटर र दुई वटा स्कारपियोमा आगजनी भएको हो । हुलाकी मार्ग निर्माण प्रयोग गरिएका निर्माण साधनमाथि अज्ञात समूहद्वारा आगजनी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना १ क ९०६९, बा २ क ८७२९ नम्बरको जेसिवि, बा १९ च ६६४७, बा १६च ५२५० नम्वरको बोलोरो जिप र से १ क ७०, बा २ क १४७३ नम्बरको स्काभेटर जलेको हो ।आगो किन र कस्ले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेका र  घटनास्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र सुन्दरडाँडाका प्रहरी पुगेको जनाइएको छ ।

प्रकाशित : २०७६ फागुन २२ गते ११:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI