No ads found for this position

कोरोना सचेतना

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २२ गते १२:०२
No ads found for this position
कोरोना सचेतना
No ads found for this position

रासस । काठमाडौं। सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घले विश्वव्यापी सङ्क्रमण भइरहेको कोरना भाइरसबाट बच्न अभिभावक, शिक्षक र विद्यार्थीलाई सार्वजनिक सूचना प्रवाह आरम्भ गरेको छ। 

उक्त भाइरसको सम्भावित जोखिमबाट घर र विद्यालयमा शिक्षक, बालबालिकालाई बच्न, बचाउन आव्हान गरेको हो। भाइरसबाट बच्न मानसिकरुपमा सन्त्रासमा नपर्न र प्रतीरक्षाप्रति विश्वास जगाउन, हात नमिलाउन र अङ्कमाल नगर्न, नियमित रुघाखोकीका लागि प्रयोग हुने सिटामोल र डिकोल्ड, साइनेक्सजस्ता औषधि  घर र विद्यालयमा राख्न आग्रह गरेको छ।

महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले जारी गरेको विज्ञप्तिमा भिक्स, अदुवा र जीराको दाना घरमा राखेर परेको खण्डमा दैनिक सेवन गर्न तथा स्प्रिड, डिटोल र साबुनपानीले हात सफा गर्ने बानी बसाल्न पनि आग्रह गरिएको छ।

प्रकाशित : २०७६ फागुन २२ गते १२:०२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI