No ads found for this position

भारतमा कोरोना भाइरसः ३० व्यक्तिमा सङ्क्रमणको पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २२ गते २०:२४
No ads found for this position
भारतमा कोरोना भाइरसः ३० व्यक्तिमा सङ्क्रमणको पुष्टि
No ads found for this position

एजेन्सी । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बिहीबारसम्म ३० पुगेको छ । प्राप्त पछिल्लो सूचनाअनुसार भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

यसअघि बिहीबार नै संघीय स्वास्थ्यमन्त्री डा.हर्षबर्धनले यही मार्च ४ देखि अहिलेसम्म २९ जना सङ्क्रमित भएको बताएका थिए । राज्यसभामा बोल्दै उनले भने, ‘देशभर यही मार्च ४ देअि अहिलेसम्ममा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या २९ पुगेको छ ।’

उनले आफू र आफ्नो टोलीले कोरोना भाइरस फैलिएको अवस्थाको अनुगमन र मूल्याङ्कन गर्दै समीक्षा र विश्लेषण गरिरहेको पनि जानकारी दिए । कोरोनाको सङ्क्रमण देशभित्र प्रवेश गर्न नदिन सरकारको तर्फबाट गत जनवरी १७ देखि नै विभिन्न प्रयासहरू गरिरहेको मन्त्री बर्धनले बताए ।

विश्व स्वास्थ्य संगठनको सुझाब र आग्रह अगाडि नै आफूहरूले सावधानीस्वरूप काम थालिसकेको दावी उनले गरे । उनले सरकारका तर्फबाट गम्भीरतापूर्वक काम भइरहेको पनि दावी गरे । 
देशका उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाललगायतका नाकाहरूमा विशेष टोलीद्वारा अनुगमन नियन्त्रण र व्यवस्थापनको काम गरिएको उनले सदनलाई जानकारी दिए । कोरोनाका कारण बिहीबारसम्म संसारभर तीनहजार २०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित : २०७६ फागुन २२ गते २०:२४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI