No ads found for this position

‘तीन महिनालाई पुग्‍ने औषधि छ, सरकारले विदेशी गुहार्नु पर्दैन’

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २३ गते १४:३९
No ads found for this position
‘तीन महिनालाई पुग्‍ने औषधि छ, सरकारले विदेशी गुहार्नु पर्दैन’
No ads found for this position

काठमाडौं : नेपाल औषधि उत्पादक संघले कोरोना भाइरस विश्‍वव्यापी बनिरहेका बेला आउन सक्ने सम्भावित संकटका क्रममा नेपालमा औषधि अभाव हुन नदिने बताएको छ।  संघका महासचिव विप्लव अधिकारीले शुक्रबार एक प्रेस वक्तव्य निकाल्दै भूकम्प र नाकाबन्दीका बेला पनि देशमा ‌औषधि अभाव हुन नदिएको स्मरण गराएका छन्।  उनले नेपालालई औषधिमा आत्मनिर्भर बनाउने क्रममा एलोपेथिक औषधिका ६२ वटा उद्योगहरु सञ्‍चालनमा रहेको र अरु ४२ वटा निर्माणाधीन अवस्थामा रहेको पनि जानकारी दिएका छन्। 

महासचिव अधिकारीले हाल भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाएको स्मरण गराउँदै अधिकारीले नेपालमै उत्पादित कुनै पनि औषधिको अभाव हुन नदिने बताए।  ‘हाल हामीसँग तीन महिनासम्मको सामान्य बजारका लागि आवश्यक औषधि, कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र प्याकिङ म्याटेरिलय मौज्दात रहेको छ’, उनले भने, ‘चीनबाट पनि कच्चा पदार्थ आइरहेका छन्। भूकम्प, नाकाबन्दी जस्ता बिपद्को समयमा पनि हामीले औषधि अभाव हुन नदिएको सबैलाई विदितै छ।’ उनले भारत र चीनबाट औषधिका कच्चा पदार्थ ल्याइरहेको बताउँदै त्यहाँबाट नआएमा अन्य देशलाई विकल्पका रुपमा रोजिने पनि जानकारी दिए। बिपदमा मात्रै सरकारले औषधिको महत्व बुझ्ने गरेको संघको गुनासो छ।

महासचिव अधिकारीले ७५ प्रतिशत औषधिका लागि विदेशी कम्पनीलाई गुनासो गर्नु आवश्यक नरहेको पनी स्पष्ट पारेका छन्।  ‘अधिकांश औषधि नेपालमै उत्पादन भइरहेका छन्। विदेशी कम्पनीलाई अनुनय बिनय र आग्रह गर्नुपर्दैन’, अधिकारीले भनेका छन्, ‘हामी निजी उद्योगीहरुसँग सरकारले सहकार्य र सहयोग गरे मात्रै पुग्छ।  संघले नीतिगतरुपमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन खोज्ने सरकारले व्यवहारमा विदेशी कम्पनीलाई हारगुहार गरेर स्वदेशी उद्योगीलाई निराश बनाइरहेको पनि गुनासो गरेका छन्।  ‘नेपाल सरकारको उच्च संयन्त्रलाई आग्रह गर्न चाहन्छौं। हामी नेपालमा उत्पादन हुने कुनै पनि औषधि अभाव हुन दिने छैनौं’, अधिकारीले भने,’ ‘सरकारले विदेशी गुहार्नुपर्दैन। नेपाल र नेपालीलाई सहज, सुलभ र गुणस्तरीय औषधि पुर्‍याउन तत्पर र सक्षम पनि छौं।’ संघले अहिलेको जटिल अवस्थामा सचेत भइ बजारलाई अनावाश्यक उत्तेजित हुन नदिन पनि सर्वसाधरण र पत्रकारहरुलाई अपिल गरेका छन्।

प्रकाशित : २०७६ फागुन २३ गते १४:३९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI