म्यानमारकी नेत्री सुकीको सम्मान खोसियो

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २४ गते २:५६
म्यानमारकी नेत्री सुकीको सम्मान खोसियो

एजेन्सी : रोहिंग्या समुदायमाथि दमन गरेका कारण म्यानमारकी नेत्री आन साङ सुकीलाई बेलायतको ‘सिटी अफ लण्डन कर्पोरेसन’ले दिएको सम्मान खारेज गरेको छ ।

उक्त संस्थाले सुकीलाई तीन वर्षअघि ‘फ्रिडम अफ सिटी’ सम्मान दिएको थियो । सुकी गत वर्षको डिसेम्बरमा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा समेत उपस्थित हुनु परेको थियो ।

म्यानमारमा उनले अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायमाथि सेना परिचालन गरी हत्या, अपहरण, बलात्कार जस्ता चरम अमानवीय गतिविधि गराएकोमा अन्तर्राष्ट्रिय अदालतको प्रश्न सामना गर्नु परेको थियो ।

पछिल्लो समय विवादित बनेपछि सुकीलाई बेलायती सिएलसीले दिएको सम्मान फिर्ता लिएको हो । यसका सभापति डेभिड वुटनले म्यानमारमा सुकीले गराएको मानवता विरोधी गतिविधिको भत्र्सना समेत गरेका छन् ।

शान्ति स्थापना र प्रजातन्त्रका लागि म्यानमारमा लामो समय संघर्ष गरेकी नोवेल शान्ति पुरस्कार विजेता आन साङ सुकी पछिल्लो समय विवादित बनेकी छन् ।

प्रकाशित : २०७६ फागुन २४ गते २:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI