‘२ नम्बरी’मा भुटानी अभिनेत्री

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २४ गते ३:३५
‘२ नम्बरी’मा भुटानी अभिनेत्री

काठमाडौँ — दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म ‘२ नम्बरी’मा भुटानी अभिनेत्री उगेन छोदेन अनुबन्धित भएकी छिन् । फिल्ममा अभिनेता दयाहाङ राईको जोडीका रुपमा उगेनको अभिनय रहने निर्देशक लामाले बताए ।

यसअघि फिल्ममा अभिनेता पलशाह र अभिनेत्री वर्षा राउत अनुबन्धित भइसकेका छन् ।

फिल्म फागनु २८ गतेबाटछायांकनमा जानेछ । अभिनेत्री उगेनले नेपाली फिल्मलाई करियरकै उपलब्धि भएको बताएकीछिन् । यसअघि उगेनले अभिनेता शाहसँग म्यूजिक भिडियो ‘गोरी गोरी २’मा अभिनय गरेकी थिइन् ।

फिल्ममा उगेनकोभुटानी लवज प्रयोग हुने बताइएको छ।

प्रकाशित : २०७६ फागुन २४ गते ३:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI