मध्यविन्दु नगरपालिकाले फोहोर व्यवस्थापनका लागि क्यानेडियन प्रविधि ल्याउदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २४ गते १९:०४
मध्यविन्दु नगरपालिकाले फोहोर व्यवस्थापनका लागि क्यानेडियन प्रविधि ल्याउदै

७ करोडको लगानीमा सम्पन्न हुने योजनाको आधा रकम नगरपालिकाले व्यहोर्ने गरि तयारी सुरु

सुवास खत्री/ चोरमारा
मध्यविन्दु नगरपालिकामा नेपालमै पहिलो पटक फोहोरलाई मोहोरको रुपमा परिणत गर्ने तयारी सुरु गरिएको छ । ७ करोडको लगानीमा सम्पन्न हुने योजनाको आधा रकम नगरपालिकाले व्यहोर्ने गरि तयारी सुरु गरिएको छ ।

हरेक स्थानिय तहहरुमा फोहोरमैला व्यवस्थापनको पाटो चुनौतिको रुपमा रहिरहदा मध्यविन्दु नगरपालिका भने यसमा फरक ढंगबाट अगाडि बढेको छ। फोहोरको विषयमा चौतर्फी आवाजहरु उठिरहदा क्षणिकको लागि भन्दा पनि दिगो विकासलाई मध्यनजर गर्दै फोहोर व्यवस्थापनमा क्यानेडियन प्रविधिमा आधारित लिब्रा टेक्नोलोजिसंगको सहकार्यमा नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने भएको हो ।

शुक्रबार नगरप्रमुख चन्द्र बहादुर रानाको अध्यक्षता एवं उपप्रमुख ओम कुमारी महतो , प्रमुख प्रशासकिय अधिकृत चन्द्र कान्त न्यौपाने एवं सम्पुर्ण वडाका वडाध्यक्ष एवं् वडा सदस्यहरु ,उद्योग वाणिज्य संघ र लिब्रा टेक्नोलोजिका प्रतिनिधिहरुको उपस्थितिमा यस विषयमा छलफल भएको छ। उक्त छलफल अनुसार मध्यविन्दु नगरपालिका वडानम्बर ११ को रातोपहरा मा करिब ३ विगा जमिनमा उक्त प्रविधिको संरचना बन्नेछ । यो प्रविधि नेपालमै पहिलो रहेको छलफलमा बताईएको छ। जस्को निर्माणको लागि करिब ७ करोड लगानि लाग्नेछ जस्मा साढे ३ करोड नगरपालिकाले र साढे ३ करोड उत्त कम्पनिले खर्च व्यहोर्ने छ। उक्त मेसिन तयार भईसकेपछि फोहोरलाई मोहोर मा परिणत गर्ने भने जस्तै कृषकहरुको लागि मल, खाना पकाउने ग्यास, विजुली बत्ती उत्पादन गर्न सकिनेछ जुन नगरपालिकै स्वामित्वमा रहनेछ । त्यस्तै करिब ५,७ जना मानिसहरुको लागि रोजगारी हुनेछ । यस्का लागि धेरैभन्दा धेरै फोहोरको आवश्यकता पर्ने हुदा मध्यविन्दु नगरपालिकाको फोहोर मात्रै कम हुने भएकाले कावासोति नगरपालिका, विनयी त्रिवेणी गाउपालिका, र हुप्सेकोट गाउपालिकाको फोहोरलाई पनि ल्याउने नगरप्रमुख चन्द्र बहादुर रानाले बताउनुभयो । उक्त काम अबको केहि महिनामै सुरु गरि करिब १ वर्षभित्र सम्पन्न गर्ने योजना रहेको पनि नगरप्रमुख रानाको भनाई छ ।

प्रकाशित : २०७६ फागुन २४ गते १९:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI