नवलपुरका युवाहरुद्वारा दिगो बिकाशको समीक्षा

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २४ गते २१:१०
नवलपुरका युवाहरुद्वारा दिगो बिकाशको समीक्षा

नवलपुर/फागुन २४
अल्पसंख्यक तथा सिमान्तकृत युवाहरुको दृष्टिकोणबाट दिगो विकास लक्ष्य कार्यान्वयनको अवस्था र यसका चुनौतीको पहिचान गर्नका लागि देशभर विभिन्न कार्यक्रमहरु भइरहेको छन ।

यसै सन्दर्भमा नवलपुरमा पनि आज एक कार्यक्रमको आयोजना गरिएको छ ।
युथ एड्भकेसी नेपालको संयोजन तथा हरियाली संस्थाको स्थानीय संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

गण्डकी प्रदेशका सांसद नेपाल काङ्ग्रेेेस बिण्णु लामिछानेको प्रमुख आतिथ्यता तथा हरियाली संस्थाका अध्यक्ष एल० एन० दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण युथ एड्भकेसी नेपालका बिनय कार्की र तिर्थराज कोईरालाले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामिछानेले देशको चौतर्फी बिकाशका लागि युवाहरु चनाखो रहनुपर्ने विषयमा जोड दिनुभएको थियो ।

प्रकाशित : २०७६ फागुन २४ गते २१:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI