No ads found for this position

नवलपुरमा गोली चल्यो, एकजना गम्भीर घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २५ गते ४:०८
No ads found for this position
नवलपुरमा गोली चल्यो,  एकजना गम्भीर घाईते
No ads found for this position

प्रकाश भण्डारी। फागुन २५

नवलपुरको कोल्हुवामा प्रहरीको गोली लागि अन्दाजी ३४ बर्षीय जोग नारायण थारु गम्भीर घाईते भएका छन्।
शनिबार बेलुका १०:३० बजेको समयमा चार जनाको समुहमा रहेका उनीहरु कोल्हुवा चौराहामा मादक पदार्थ सेवन गरि होहल्ला गरेका थिए। प्रहरी तत्काल उनीहरु रहेको स्थलमा पुग्दा प्रहरीमाथिनै खुकुरी प्रहार गरि भाग्न लाग्दा प्रहरीले जवाफी फाईरिङ गरेको कुुुरा घाइते लिई उपचार गर्न आएका एकजना प्रहरी हवलदारले बताए।
थारुको १ गोली दायाँ कोखमा लागी पिठ्युँ बाट निस्केको छ भने अर्को गोली दायाँ घुँडाको पछाडि पट्टी लागेको छ।

घाइतेको पुरानो मेडिकल कलेजको ईमर्जेन्सी वाडमा उपचार भईरहेको छ।
रोजगारीको शिलसिलामा काठमाडौं रहेको उनी शनिवार मात्रै  घर आएको निजको श्रीमतीले नवलपुर टाईम्ससँग बताईन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका सुुचना अधिकारीलाई सम्पर्क गरि घटनाको बारेमा बुझ्न खोज्दा छलफल चलिरहेको र केही समयमा घटना बाहिर आउने जानकारी गराए।

प्रकाशित : २०७६ फागुन २५ गते ४:०८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI