No ads found for this position

कहाँ गायब भयो ग्यास ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २५ गते ७:४८
No ads found for this position
कहाँ गायब भयो ग्यास ?
OGwg cem} ;xem ePg af}4 r'Rr]kf6L{l:yt UofF; k;ndf UofF; cfpg] ePkl5 dªnaf/ laxfg % ah]b]lv l;lnG8/;lxt nfda4 :yfgLojf;L . tl:a/ M k|bLk/fh jGt, /f;;
No ads found for this position

आजको अन्नपूर्ण पोस्ट् दैनिकले ‘ग्यास गायब, मजदुर र विद्यार्थी मर्कामा’ शीर्षकका छापेको समाचारलाई मुखपृष्ठमा छापेको छ । 

समाचारमा उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको  र कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गरेपछि निम्नवर्ग, मजदुर र विद्यार्थी मर्कामा परेको कुरा उल्लेख गरिएको छ । 

भूकम्प र नाकाबन्दीका समयमा तर्सिएका उपभोक्ताले त्यस्तै अवस्था आउन सक्ने त्रासमा आवश्यकभन्दा बढी सिलिन्डर भरेर जम्मा गरेका हुन्। उपत्यकामा दैनिक ७ हजार संख्यामा सिलिन्डर माग बढेको व्यवसायीले बताएका छन्।

केही दिनदेखि ग्यास बिक्री हुने व्यापारिक प्रतिष्ठानमा निकै लामो लाइन लाग्न सुरु भएको छ। नेपाल आयल निगमका अनुसार मध्यमवर्ग र उच्चवर्गले कम्तीमा पाँचदेखि १० वटासम्म सिलिन्डर राखेका छन्।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार सामान्य अवस्थामा चारजनाको परिवारलाई मासिक एउटा सिलिन्डरले पुग्थ्यो। अहिले त्यस्ता परिवारले पाँचवटासम्म सिलिन्डर जम्मा पारेका छन्। उनले चारजनाभन्दा बढी पारिवारिक सदस्य भएकाले १० वटासम्म सिलिन्डर भरेको दाबी गरे।

प्रकाशित : २०७६ फागुन २५ गते ७:४८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI