आज ११०औं अन्तर्राष्ट्रिय महिला दिवस

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २५ गते ८:३२
आज ११०औं अन्तर्राष्ट्रिय महिला दिवस

आज ११०औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमकाे आयाेजना गरी मनाइँदै छ। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् र सम्मेलनले यसलाई पारित गरेकाे थियाे। त्यसपछि सन् १९११ देखि महिला दिवस मनाउने थिति बसेकाे हाे।

यस वर्ष नेपालमा “समानताको पुस्ताः अन्त्य गरौं हिंसा, विभेद र असमानता” भन्ने नाराका साथ सराेकारवाला विभिन्न निकायले विभिन्न कार्यक्रमकाे आयाेजना गरी याे दिवस मनाउँदै छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार महिलाहरुको आर्थिक, सामाजिक तथा व्यवस्थापकिय रुपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्ने उद्देश्यले संघीय सरकारका सबै निकायहरु, सातवटै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह एवं त्यसका वडाहरु, सरोकारवाला निकायहरु एवं सामाजिक संघसंस्थाहरुले महिला दिवसलाई भव्य रुपमा मनाउन लागेका छन्।

प्रकाशित : २०७६ फागुन २५ गते ८:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI