No ads found for this position

अमेरिकाको ५ लाख डलरको चिठ्ठा,विश्वदिप सिजापतिलाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २५ गते ८:३९
No ads found for this position
अमेरिकाको ५ लाख डलरको चिठ्ठा,विश्वदिप सिजापतिलाई
No ads found for this position

अमेरिकामा रहेका विश्वदिप सिजापतिले पाँचलाख डलरको चिठ्ठा हात पारेका छन् ।

अमेरिकाको भर्जिनिया राज्यको वुडब्रिज शहरमा बसोबास गर्ने नेपाली मूलका सिजापतिले ५ लाख डलरको चिठ्ठा हात पारेका हुन् ।
उवर चालक रहेका सिजापतिले आफ्नो सवारी साधनमा ईन्धन हाल्ने क्रममा ४ २० डलरको भाग्योदय कोट्याउने चिठ्ठा किन्दा ५ लाख डलर हात पारेका हुन् ।

मेघामनि नामक उक्त चिठ्ठा उडब्रिज एक्जोन ईन्धन चौकीमा किनेर घरमा लगेर कोट्याउदा उक्त रकम पारेका हुन् । उनले चिठ्ठा अधिकारीसँग भने ‘मैले जिन्दगीमा यत्रो रकम कहिले देखेको छैन ।’

उनि अति खुसि भएको र उक्त रकम के मा खर्च गर्ने भनि योजना नभएको भन्दै उन्को समाचार र तस्विर भर्जिनियाको आधिकारिक चिठ्ठाले प्रकाशित गरेको छ । उन्ले उक्त चिठ्ठा जनवरी ३१, २०२० मा बुझेका हुन् ।

प्रकाशित : २०७६ फागुन २५ गते ८:३९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI