मौलाकालिका मन्दिरको ४० औं साधारणसभा सम्पन्न ।

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २५ गते २०:११
मौलाकालिका मन्दिरको ४० औं साधारणसभा सम्पन्न ।

गैडाकोट ,फागुन २५
सुजन अधिकारी
धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैंडाकोटको ४०औं साधारणसभा आइतबार गैंडाकोटमा सम्पन्न भएको छ ।
धार्मिक सेवा समिती मौलाकालिका मन्दिर गैंडाकोटका अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक समेत रहेका सन्त समाज नेपालका अध्यक्ष,हरिहर सन्यास आश्रम देवधाट घाम का पिठधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज जि प्रमुख अतिथी रहनुभएको थियो ।

नवलपुर जिल्लाको गैडाकोटमा रहेको मौलाकालिका मन्दिरको महिमा पछिल्ला वर्षहरुमा दिन प्रतिदिन बढदै गएको अवस्थामा सेवा समितिले मन्दिरमा थप सुधारका काम तथा योजना निर्माण गर्दै आएको छ ।
विभिन्न दाता र धर्मालम्वीहरुको सहयोगमा यस वर्ष मन्दिर परिसर बरिपरि नयाँ संरचना निर्माण कार्य लगाएत पुराना संरचना मर्मत सम्भार,तत्काल रहेको मन्दिर परिसर सम्म पुग्न बनाइएको सिढी मार्गमा दायाँबायाँ पक्की नालि निर्माणकार्य गर्ने,गाईपालनको लागि संरचना निर्माण गर्ने,मौलाकालिका मन्दिर जाने बाटोलाई मौलाकालिका धार्मिक पर्यटकीय मार्ग बनाउने र भएका मार्गहरु लाई स्तर उन्नति गरि पुनः कालो पत्रे गर्न सम्बन्धित निकायमा पहल गर्ने,हाल रहेको कार्यालयको स्तर उन्नोती गर्ने,खानेपानीको ब्यवस्थापन ,धर्मशाला,पुजारी निवास,पुष्प वाटिका, भोजनालय र विश्राम स्थल निर्माण तथा बृक्षारोपण लाई निरन्तरता दिने जस्ता प्रगति एवं प्रस्तावित कार्य प्रगति बारे सचिव सुरेन्द्रप्रसाद रेग्मीले कार्यक्रममा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सह- कोषाध्यक्ष सुवन प्रसाद ढकालले करिब ३ करोड ७७ लाख बराबरको आम्दानी एबं खर्च विवरण प्रस्तुत गर्नु भएको थियो ।
मन्दिरलाई सहयोग पुर्याउने विभिन्न ब्यक्ति तथा संस्थालाई सम्मान गरिएको कार्यक्रममा गण्डकी प्रदेश सभासद एवं प्रमुख प्रतिपक्ष दल का नेता कृष्ण चन्द्र नेपाली,गैंडाकोट नगरपालिका का मेयर छात्रराज पौडेल, गैंडाकोट नगरपालिका कि उप प्रमुख बिस्णु कुमारी सापकोटा,देवधाटक्षेत्र बिकाश समिती अध्यक्ष शिवराज पौडेल,पुर्व डिआईजी ज्ञानेन्द्र महत,प्रा.डा तेजबहादुर सिंह महत लगायत सिद्धकुमार श्रेष्ठ,मान बाहादुर सापकोटा,बिस्णुहरि रिमाल,बेदप्रसाद गौडेल,सडानन्द लामिछाने,भवानी प्रसाद गौडेल लगायतकाको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७६ फागुन २५ गते २०:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI