No ads found for this position

बोक्सीको आरोपमा हसिँया प्रहार , महिला गम्भीर घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २६ गते १८:३७
No ads found for this position
बोक्सीको आरोपमा हसिँया प्रहार , महिला गम्भीर घाईते
No ads found for this position

कैलालीमा एक महिलामाथि बोक्सीको आरोपमा हंसिया प्रहार भएको छ । गोदाबरी नगरपालिका वडा नं. ९ धनचौरीकी सीता चौधरीले बोक्सीको आरोपमा आफ्नै छिमेकी ३६ वर्षिया मिना रानालाई आइतबार हंसिया प्रहार गरेकी हुन् ।

पीडित राना बैठकबाट घर फर्किने क्रममा पीडक चौधरीले बोक्सी आयो भन्दै बाटोमै लुछातानी गर्दै ढुंगाले हिर्काएकी हुन् । उनले भनिन् “उसको हातमा भएको हंसियाले मेरो टाउकोमा प्रहार गरिन् । टाउकोमा ठूलो चोट लागेको छ ।”

पीडित महिलाको शरिरभरि निलडाम छ । घाँटी, हात, पिठ्युमा चोट लागेको छ । उनले सेति प्रादेशीक  अस्पतालमा आफैले उपचार गराइ रहेको जानकारी दिएकी छिन् ।

उनले हिजो सीता विरुद्ध ठाडो उजुरी दिएका थिईन् । जिल्ला प्रहरीमा आएको ठाडो उजुरीले मात्रै पीडकलाई नियान्त्रणमा लिन नपाउने अधिकार नभएको प्रतिक्रिया महिला सेलका इन्चार्ज खेमराज पन्तले दिएका छन् । उनले पीडित महिलालाई चौधरीविरुद्ध जाहेरी दिन सुझाब दिएको बताए ।

गतवर्ष पनि मार्च ८, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै दिन कैलालीकै किशोरी राधा चौधरीमाथि बोक्सी आरोप लगाउँदै गाउँलेहरु नै मिलेर कुटपिट गरेका थिए । यस वर्ष पनि मार्च ८ कै दिन हिजो घटना भएको हो ।

प्रकाशित : २०७६ फागुन २६ गते १८:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI