No ads found for this position

७५ लाख चेक बाउन्स मुद्दामा फरार भेटवालद्वारा आत्मसमर्पण

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २७ गते १२:०३
No ads found for this position
७५ लाख चेक बाउन्स मुद्दामा फरार भेटवालद्वारा आत्मसमर्पण
No ads found for this position

७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा फरार रहेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसर्पण गरेका छन्।

जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक समेत रहेका भेटवालले मंगलबार महानगरीय प्रहरी परिसर टेकू पुगेर आत्मसमर्पण गरेका हुन्। भेटवाल ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका थिए। काठमाडौंको पूरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका मुख्य ठेकेदार भेटवाल भागेर भारत पुगेका थिए।

‘प्रहरीले उनलाई खोजीरहेको थियो । मंगलबार बिहान उनी भारतबाट त्रिवि एयरपोर्ट हुदै प्रहरी परिसर टेकुआएका हुन्’, महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ताडीएसपी होविन्द्र बोगटीले बताए।

डीएसपी बोगटीका अनुसार भेटवालमाथि७५ लाख १० हजार चेक वाउन्सको उजुरी परेको छ।

प्रवक्ता बोगटीका अनुसार भेटवाललाई बैकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेर मंगलबारै अदालतमा म्यादथप्ने तयारी भइरहेको छ।

प्रकाशित : २०७६ फागुन २७ गते १२:०३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI