गैडाकोटमा बोलेरोको ठक्करबाट एकजनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २८ गते ८:२५
गैडाकोटमा बोलेरोको ठक्करबाट एकजनाको मृत्यु

२८ फागुन । नवलपरासी (व सु पु) गैंडाकोट जनक स्कुल नजिक पूर्वपश्चिम राजमार्गमा बोलेरोले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

विहान २ बजेर २५ मिनेट जाँदा ना ३ च २२६१ नम्वरको बोलेरोले पैदल यात्री गोर्खा पालुङटार न.पा. १० बस्ने अंदाजी ३५ वर्षीय ज्ञान बहादुर कुँवरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भिर घाईते उहाँको उपचारका लागि नयाँ मेडीकल कलेज भरतपुर चितवन पठाईएकोमा उपचारको क्रममा विहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो । ठक्कर दिने बलेरो र चालक नियन्त्रणमा रहेका छन् ।

प्रकाशित : २०७६ फागुन २८ गते ८:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI