बेलायती स्वास्थमन्त्रीलाई कोरोनाको संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २८ गते ८:३८
बेलायती स्वास्थमन्त्रीलाई कोरोनाको संक्रमण

फागुन २८ । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको पृष्टि भएको छ । आफूलाई कोरोनाको सक्रमण भएको थाहा पाएपछि घरमै सेल्फ आइसोलेशनमा बस्दै आएको स्वयम् उनले पुष्टि गरेकी छन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी ६२ वर्षीया डोरिस बेलायतमा कोरोना भेटिने पहिलो सांसद हुन् । डोरिसले एक वक्तव्य जारी गर्दै पछिल्लो समय उनले भेटेका व्यक्तिहरुको खोजी गरिरहेको र आफूलाई कोरोना लागेको थाहा पाएपछि सबै सावधानी अपनाउदै घरभित्रै सेल्फ आइसोलेशनमा बस्दै आएको बताएकी छन् । उनी आइसोलेशनमा बस्नु एक दिन अधि मात्रै प्रधानमन्त्री सम्मेलित एक कार्यक्रममा सहभागी भएकी थिइन् ।

बीबीसीका अनुसार बेलायतमा हालसम्म कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको भने तीन सयय ८२ जनामा सक्रमण देखिएको छ ।केहि दिन अधिमात्रै एकजना ८० बर्षिय बृद्वाको कोरोनाको सक्रमणबाट मृत्यु भएको थियो ।

प्रकाशित : २०७६ फागुन २८ गते ८:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI