No ads found for this position

रेल चलाउन एकजनाले पनि निवेदन दिएनन्

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २८ गते ८:४७
No ads found for this position
रेल चलाउन एकजनाले पनि निवेदन दिएनन्
No ads found for this position

काठमाडौं, फागुन २८ । बहुप्रतीक्षित जयनगर–जनकपुर रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको छ । रेल्वे कम्पनीद्वारा कर्मचारी भर्नाका लागि आवेदन माग गरिएकोमा एकजनाले पनि निवेदन नदिँदा उक्त रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको हो ।
उक्त रेल सेवा सञ्चालनका लागि रल्वे कम्पनीले रेल सेवासँग सम्बन्धित २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनको म्यादसहित फागुन ९ गते आवेदन माग गरेको थियो ।आवेदनको अन्तिम म्यादसम्म एक जनाको पनि निवेदन रेलवे कम्पनीमा प्राप्त हुन नसकेको रेल विभागले जनाएको छ ।

विभागका महानिर्देशक बलराम मिश्रले जयनगर–जनकपुर रेल सेवा सञ्चालनका लागि सुरुमा २६ जना प्राविधिक कर्मचारी करारमा भर्नाका लागि आवदेन माग गरिएकोमा विज्ञापनको अन्तिम मितिसम्म एउटा निवेदन प्राप्त हुन नसकेको जानकारी दिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रकाशित : २०७६ फागुन २८ गते ८:४७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI